जिरेल संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न, १३ सदस्यीय नयाँ नेतृत्व चयन

काठमाडौँ । जिरेल संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले १३ सदस्यीय नयाँ नेतृत्व समिति चयन गरेको छ ।

नवनिर्वाचित नेतृत्वको अध्यक्षमा जिरी–४ का हिरा बहादुर जिरेल निर्वाचित भएका छन् । त्यस्तै, प्रथम उपाध्यक्षमा सुर्य बहादुर जिरेल (सिन्धुपाल्चोक) र द्वितीय उपाध्यक्षमा अप्सरा जिरेल (जिरी–५) चयन भएका छन् ।

महासचिवमा कालुराम जिरेल (बैतेश्वर, क्षेत्रपा), सचिवमा पदम जिरेल (जिरी–७) र कोषाध्यक्षमा सुरज जिरेल (गौरीशंकर, जुंगु) निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा — धनबहादुर जिरेल (जिरी–६),तक्ता जिरेल (बैतेश्वर),कृष्ण बहादुर जिरेल (सिन्धुपाल्चोक),राजु जिरेल (गौरीशंकर, जुंगु),नेत्र बहादुर जिरेल (जिरी–८),बम बहादुर जिरेल (सिन्धुपाल्चोक),सुस्मा जिरेल (बैतेश्वर) चयन भएका छन् ।

महाधिवेशनले जिरेल समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक उत्थानका लागि विभिन्न कार्यक्रमहरू अघि बढाउने आयोजकले जनाएको छ ।

SHARE