काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर उनले औपचारिक रूपमा पदभार सम्हालेकी हुन्।
पदभार ग्रहणपछि उनले तत्काल कुनै निर्णय नगरेको जनाउँदै आवश्यक सल्लाह र छलफलपछि मात्रै निर्णय सार्वजनिक गर्ने बताइन्। “सल्लाह गरेर निर्णय भएपछि जानकारी गराउँछु,” उनले भनिन्।
नवगठित मन्त्रिपरिषद्मा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेकी गौतमले आगामी दिनमा मन्त्रालयका प्राथमिकता तय गरेर अघि बढ्ने संकेत दिएकी छन्।









