स्वास्थ्य मन्त्री मेहतालाई रास्वपाको चेतावनी, साह १४ दिनमै पदमुक्त

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएको छ।

रास्वपा सभापति रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य बनाउँदा विभागीय मन्त्रीले अपेक्षित ध्यान नदिएको उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्रमार्फत मेहतालाई सचेत गराउन सिफारिस गरेका हुन्।

पत्रमा यस्तो गम्भीर विषयमा जिम्मेवारीअनुसार गाम्भीर्यता नदेखिएको उल्लेख गरिएको छ।

उता, प्रधानमन्त्री शाहले बिहीबार मन्त्री साहलाई पदमुक्त गरेका छन्। उनी करिब १४ दिन मात्र मन्त्रीको जिम्मेवारीमा रहेका थिए।

रास्वपाले उक्त प्रकरणलाई सुशासन र जिम्मेवारीसँग जोड्दै सम्बन्धित पक्षलाई जवाफदेही बनाउनुपर्ने धारणा राखेको छ।