मनाइयो ‘२९ औं तामाङ चलचित्र प्रदर्शन दिवस’

काठमाडौँ : पहिलोपल्ट तामाङ चलचित्र प्रदर्शन भएको ऐतिहासिक दिनको स्मरण गर्दै तामाङ चलचित्र संघले ‘२९ औं तामाङ चलचित्र प्रदर्शन दिवस’ मनाएको छ ।

शनिबार चावहिल स्थित चलचित्र विकास बोर्डमा भएको कार्यक्रममा प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा टि एफ आर सम्मान तथा सांस्कृतिक कार्यक्रम गर्दै भव्यताका साथ २९ औं तामाङ चलचित्र प्रदर्शन दिवस मनाएको हो ।

संघले तामाङ चलचित्रको स्तरवृद्धि र विकासमा योगदान पुर्‍याएका स्रष्टा तथा सञ्चारकर्मी, संगीत, कथा, गीत रचना, अभिनय जस्ता दर्जनभन्दा बढी विधामा अवार्डद्धारा सम्मान गर्दै बृहत् सांस्कृतिक कार्यक्रम गरेका थिए ।

तामाङ चलचित्रको इतिहास हेर्दा २०५१ सालमा जयनन्द लामाको कथा तथा निर्देशनमा पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’ निर्माण भएको पाइन्छ । २०५२ साल भदौ १६ गते उक्त चलचित्रको च्यारिटी सो गरिएको थियो । सोही दिनको स्मरणलाई तामाङ चलचित्र क्षेत्रका स्रष्टाहरुले दिवसका रुपमा मनाउँदै आएका छन् ।
तामाङ समुदायमा लुकेर रहेका लोक तथा पौराणिक कथाहरुलाई खोजेर बाहिर ल्याउने, छरिएर रहेका समुदायका पुराना स्रष्टालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने काम संघले गरिरहेको संघका संरक्षक डि बि मोक्तानले बताए ।
https://youtu.be/dfUJYFzWt3A?si=IbazgVNXCkDKfb8a

SHARE