घेदुङको नेतृत्वमा चार पत्रकार, वरिष्ठ उपाध्यक्षमा सन्चु ब्लोन तामाङ निर्वाचित

काठमाडौं ।  नेपाल तामाङ घेदुङको दशौं संघीय महाधिवेशनबाट तामाङ पत्रकारिता क्षेत्रमा सक्रिय चार जना पत्रकार नेतृत्व तहमा निर्वाचित भएका छन्।

महाधिवेशनबाट सन्चु ब्लोन तामाङ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी, तिर्थमान बल कोषाध्यक्षमा निर्वाचित भएका छन् भने मिक्साङ वाइबा र युनिक रक्षा ग्लान केन्द्रीय सदस्यमा चयन भएका छन्।

निर्वाचित चारै जना तामाङ पत्रकार संघमा आबद्ध पत्रकार हुन्। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिताबीच नयाँ नेतृत्व चयन गरिएको हो।