कोकोम्हेन्दो साहित्य समाज पोखराद्वारा साहित्यिक कार्यक्रम सम्पन्न

 बैशाख ३० पोखरा

खील्हो नम्दुङला २७ कामरे (बैशाख २९ गते शनिबार)का दिन मध्यनह १२ बजे पोखरा-१४ चौथेस्थित कास्की घेदुङ गेखाङ (कार्यालय)को परिसरमा २५६२अौं बुद्ध जयन्ती सप्तहव्यापी कार्यक्रमक्रममा तामाङ बौद्ध साहित्य विषयक परिचर्च कार्यक्रम सम्पन्न ।

कोकोम्हेन्दो साहित्य समाज पोखराद्वारा संचालित नियमित रचना वाचनको चौथो श्रृंखलाको यो कार्यक्रम कास्की घेदुङको व्यवस्थापनमा विभिन्न स्रष्टाहरुको विभिन्न रचनाहरुको वाचन सहित सम्पन्न गरिएको थियोे ।आठ बर्ष ननाघेका बालिका सोहेन योन्जन, साठी नाघेका पाका स्रष्टा केशबहादुर थिङ तामङ, राजनीतिक जगतमा चर्चित दिपक वाइबा, सामाजिक क्षेत्रमा लागेका कमल नेगी, शिक्षण र नोकरीमा लागेका उच्चशिक्षा हासिल गरेका कोकोम्हेन्दाे समाजका सदस्य स्रष्टाहरु: मनसुवा स्याङ्बो, अन्जना डुम्जन, पवित्र थोकर, मिनमाया डुम्जनले नेपाली र तामाङ भाषामा आ-आफ्नो गीत, कविता, मुक्तक र चुट्किलाहरु वाचन गरेको थिए ।

जसको संक्षिप्त रचना समिक्ष सहित उपरोक्त विषय सन्दर्भ तथा शीर्षकको बुद्ध, बुद्ध जयन्ती, बौद्ध साहित्य, तामाङ साहित्य, तामाङ बौद्ध साहित्य र कोकोम्हेन्दो साहित्य समाजको विषयमा गंभीर परिचर्च गरिएको थियोे । यश सम्बन्धमा खासगरी समाजका संरक्षक धनप्रसाद तामाङले ‘तामाङ बौद्ध साहित्य विषय प्रसंगमा तामाङमा बुद्धशिक्षा, बुद्धदर्शन, बौद्धधर्म र लामाछ्योई पाठ परम्पराअघि र बोन, कूलपुजा, तम्बा र लोकसंस्कारमा यसको प्रभाव विस्तार भएपछि सिर्जित साहित्य समेतको उल्लेख गर्दै तामाङ बौद्ध धर्म, साहित्य र समाजको मसिनो ऐतिहासिक पाटोहरुलाई छुनु भएको थियोे ।

त्यसैगरी अर्का संरक्षक कुम बहादुर तामाङले कोकोम्हन्दो साहित्य समाजकाे यश किसिमको सिर्जनशील रचनात्मक कार्यक्रमले तामाङ समाज समुदाय र मुलुकलाई मा पार्न सक्ने सकारात्मक प्रभावका विषयमा विचार पोखेर स्रष्टा र सहभागीहरूलाई यो अभियानलाई अघि बढ्न बढाउन उत्प्रेरित गरि राख्नु भएको थियो ।

अन्तमा कार्यक्रमका व्यवस्थापन सहयोगी संस्था कास्कीघेदुङ अध्यक्ष कृष्ण बहादुर तामाङद्वारा कृतज्ञता, अाभारि, सादुवाद, शुभकामना, शुभेच्छा सहित अर्को नियमित विशेष कार्यक्रमहरुमा अाफुले पनि लेख्ने अरुलाई पनि लेखाउने र रचनात्मक सहभागिताको सघाउने प्रतिबद्धता पनि जाहेर गर्नुभएको थियो ।

संयोजक दिपक वाईबाको अध्यक्षता, अन्जना डुम्जनको स्वागत र मिनमाया डुम्जनको सन्चालनमा सम्पन्न यश समारोहमा अबदेखि प्रत्येक महिनाको अन्तिम शनिवार यो नियमित मासिक रचना बाचन कार्यक्रम अविराम रुपमा आयोजना गरिने निर्णय सहित कार्यक्रम विसर्जन गरिएको थियो ।

SHARE