जिरी इमर्जेन्सी रिलिफ फाउन्डेसनद्वारा भगवती खड्कालाई आर्थिक सहयोग

काठमान्डौं ।  जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।

दोलखा जिरी ८ पखेरे निबासी भगवती खड्कालाई  जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले १० हजार आर्थिक सहयोग गरेको छ । भगवती खड्का हाल ट्रमा सेन्टर काठमान्डौंमा उपचार गराई रहेको  बताएका छन् । लडेर खुट्टा नचले पछी थप उपचारको लागी विरामी खड्कालाई ट्रमा सेन्टर काठमान्डौं ल्याएको हो ।

खड्काको  उपचार गदैजाँदा आर्थिक अवस्था कम्जोर हुदै गएकाले विरामीलाई थप राहातको लागी जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनबाट उपचार बापत आर्थीक सहयोग गरेको  नेकपा माओबादी केन्द्र जिरी नगर कमिटीका अध्यक्ष कर्मा शेर्पाले  बताए ।

डाक्टरका अनुसार २ वटा हड्डी भचिएर सुनिएको हुनाले केही समय प्लास्टर गरेर रेस्ट  गर्नुपर्ने अनि अप्रेसन गरेर स्टील राख्नु पर्ने खड्काको परिवारले बताएको छ ।

 

SHARE