यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

किराती पहिलो राजा यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । शनिबार किरात राई सांस्कृतिक कलाकार संघले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।

नेपालको व्यवस्थित राज्य व्यवस्थापनको जग राजा यलम्बरले हालेको भन्दै संघले उनलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको हो । संघले राजा यलम्बर नेपालको संस्थापक राजा भएको र उनको स्मृतिमा सञ्चालनमा रहेको ‘यलदोङ’ (यल सम्बत्) लाई राष्ट्रिय संबत् घोषणा गरी लागू गर्न पनि माग गरेको छ । त्यस्तै माघ १ गतेलाई यलम्बर जयन्तीका रूपमा मनाएर उनलाई सम्मान गर्न तथा सो दिन सार्वजनिक विदा दिन माग गरेको छ ।

कुनै पनि समुदायको साल÷संबत् तथा संस्कृतिलगायत निजी हुन नसक्ने भन्दै संघले यलदोङलाई साझा सम्बत् स्विकार्न आग्रह गरेको छ । यसैगरी माघ १ गते भव्य रूपमा ‘यलम्बर जयन्ती’ मनाउने संघका अध्यक्ष शालिक शातासक राईले जानकारी दिए ।

 

SHARE