संसफो प्रादेशिक अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न समाजवादी मार्गबाटै मुलुक समृद्धःअध्यक्ष यादव

पोखरा, २८ जेठ

संघीय समाजवादी फोरम तमुवान—मगराँत प्रदेश नं. ४ द्धारा आयोजित दुई दिने प्रादेशिक अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले समाजवादी मार्गबाट मुलुक समृद्ध बन्ने दावी गर्नुभयो।समाजवादी सिद्धान्त बैज्ञानिक, व्यवहारिक र विभेदमुक्तको सुनिश्चितता भएकाले समृद्ध राष्ट्र निर्माणको मार्ग भएको विश्वको उदाहरणहरु प्रस्तुत गर्नुभयो।

पार्टीहरुले विभिन्न नाम धारण गरे पनि नेपालमा अहिले समाजवादी सिद्धान्तकै मार्गमा पार्टीहरु घुमिरहेको दावी गर्नुभयो। सबैखाले विभेदको अन्त्य, समानताको सुनिश्चितता र समृद्धताको ग्यारेन्टी समाजवादमा रहेको उहाँको भनाई थियो।

दोश्रो दिनको प्रशिक्षणमा फोरमका केन्द्रीय राजनीतिक समितिका सदस्य तथा मगराँत इञ्चार्ज महेन्द्र थापामगरले आगामाी कार्यदिशा, बुद्धिजिवी विभागका सदस्य प्राध्यापक मनबहादुर गुरुङले नेतृत्व विकासमा प्रशिक्षण दिनुभएको थियो ।

दुइदिने अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी नेताहरुले तमुवान—मगराँत ४ नंं प्रदेशमा संगठन विस्तार र सुदृढीकरणलाई जोड दिने संकल्पसहित पाँचबुदे प्रतिवद्धता समेत जारी गरेको छ ।

संगठन विस्तार एवं सुदृढीकरणका लागि जिल्ला भेला तथा प्रशिक्षणहरु गर्ने तालिका समेत तयार गरेको छ। जस अनुसार मनाङमा जेठ ३० गते, स्याङ्जामा असार ४ गते, लमजुङमा असार ६ गते, गोरखामा ८ गते, नवलपुरमा १० गते, तनहुँमा ११ गते, म्याग्दीमा १४ गते, बाग्लुङमा १५ गते, पर्वतमा १६ गते र कास्कीमा १९ गते आयोजना गर्ने निर्णय गरेको छ।

यसैविच समाजवादी विद्यार्थी फोरम कास्कीको सम्मेलन आयोजक समितिको संयोजकमा कुमार गुरुङ चयन हुनुभएको छ । केन्द्रीय उपाध्यक्ष सुवास राई, सचिवालय सदस्य विशाल गुरुङ, केन्द्रीय सदस्य चन्द्र तामाङको उपस्थितीमा सम्पन्न भेलाले सम्मेलन सम्पन्न गर्नका लागि ७ सदस्यीय सचिवालयसमेत गठन गरेको छ ।

SHARE