काठमाडौं – तामाङ चलचित्र संघ नेपालको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनबाट अध्यक्षमा विनयक तामाङ लोप्चन सहित २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् ।
शनिबार जोरपाटीस्थित सेकुवा जक्सनमा भएको कार्यक्रममा नयाँ कार्यसमिति गठन गरिएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा अमर लामा, महिला उपाध्यक्षमा सुनिता लुङबा,उपाध्यक्षमा जोगलाल लामा, उतर लामा (संगुल) , महासचिवमा बुद्ध तामाङ,सचिवमा सुनिता दोङ,कोषाध्यक्षमा राम सिं तामाङ ,सह कोषाध्यक्षमा मनिका सिङ्तान सर्वसम्मत चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा मायादेवी मोक्तान,शम्भु मोक्तान,बुद्ध तामाङ,संजय हुत्त तामाङ ,हिरोज लोप्चन, इश्वर लामा,संगीता तितुङ,सञ्चु थोकर,रेसम कुमार स्याउली तामाङ,डोल्मा लामा मोक्तान,सन्तोष गोले,रिना लामा, गोर्खे घिसिङ,दल बहादुर स्याङतान,बिन्दा तामाङ,सुनिल कुमार मोक्तान,छिरिङ तामाङ,भिमा तामाङ चयन भएका छन् । कार्यसमितिमा अन्य ३ जना भने मनोनित गर्ने संघको अध्यक्ष तामाङले बताए ।
तामाङ चलचित्रकर्मीहरुको पेसागत हकहित तथा व्यावसायिक विकासका साथै तामाङ भाषा,संस्कृति कलाको संरक्षण प्रवर्द्धनमा क्रियाशील तामाङ चलचित्र संघको महाधिवेशन नेपाली काँग्रेसका केन्द्रिय सदस्य गणेस लामाले उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै लामाले तामाङ भाषा,संस्कृतिको प्रवर्द्धनका साथै पहिचानको पुर्नस्थापना र एकताका लागि चलचित्रकर्मीहरुको भुमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रमका अन्य अतिथिहरुले तामाङ भाषा,संस्कृतिको संरक्षण र प्रवर्द्धनमा तामाङ चलचित्र,कलाकारले आजसम्म गरेको कामको समिक्षा गर्दै थप उपलब्धी हाँसिल गर्नतर्फ अघि बढ्न सुझावसमेत दिएका छन ।
बन्दा सत्र मा महासचिव उतर लामाद्वारा प्रस्तुत सांगठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुनिता दोङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए
कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय महासचिव जगतमान दोङ,तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन वल,तामाङ चलचित्र संघ नेपालको प्रमुख सल्लाहकार कुमार मोक्तान,तामाङ चलचित्र संघ नेपालको कानुनी सल्लाहकार महेन्द्र थिङ,तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।