अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै आन्दोलन गरिरहेका कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ । नेपाल तामाङ संघ, नेपाल घेदुङ संघले  अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ र मगर समुदायका सम्बद्ध कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जम्मा २८ जना रहेको टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिएका छ्न ।

अधिवक्ता पाण्डेले तामाङ समुदायलाई होच्याएर अभिव्यक्ति दिएको भन्दै नेपाल तामाङ घेदुङका तर्फबाट  उजुरी दिएका थिए । यही क्रममा आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरूले  परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रहरीले लाठीचार्ज ,अश्रुग्याँस प्रहार गरेको थियो । दोहोरो भिडन्तमा कयौ प्रहरी र आन्दोलनकारिहरु घाइते भएका छ्न । 

SHARE