टोल–टोलमा एक लाख, डेढ लाख छरेर विकासको काम हुँदैन (भिडियो)

 जिरी आफूले निर्वाचनका बेला गरेका प्रतिवद्धतामध्ये धेरैजसो पूरा गरेको दोलखा जिरी नगरपालिका–६ का वडा अध्यक्ष मरिज बहादुर खड्काले बताए ।

खड्का नेकपा(एकीकृत समाजवादी)बाट उम्मेदवार हुँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । आफूलाई जिताउन सबै दलका व्यक्तिको साथ सहयोग रहेकाले कुनै दलका व्यक्तिको पनि चित्त नदुखाउने खड्काले बताए । निर्वाचनका बेला गरेका प्रतिवद्धतामध्ये ५–१० प्रतिशतबाहेक सबै पूरा गरेको खड्काको दावी छ ।

बाँकी प्रतिवद्धता पनि छिट्टै पूरा गर्ने उनको भनाइ छ । वडाको आन्तरिका स्रोत समेत खासै नरहेको र नगरपालिकाले बिनियोजन गर्ने बजेट पनि निकै कम रहेको गुनासो खड्काको छ । वडामा ११ टोल रहेकोले हरेक वर्ष सबै टोलमा विकास, निर्माणका काम गर्न सकिने अवस्था नरहेको उनले जानकारी दिए ।

हरेक वर्ष तीन वटा टोलमा विकास गर्ने गरी काम गरिरहेको वडाअध्यक्ष खड्काले जानकारी दिए । हरेक टोलमा एक लाख, डेढ लाखका दरले बजेट छर्दा केही काम नहुने उनले स्पष्ट पारे ।

माथिबाट आएको बजेटलाई पारदर्शीं रुपमा विकासमा लगाउने प्रतिवद्धता उनले जनाए । कार्तिकको पहिलो हप्ताबाटै यो आर्थिक वर्षको बजेटबाट काम सुरु गर्ने योजना रहेको पनि खड्काले सुनाए ।

वडामा हुने सबैजसो काम खासै विवाद नभई सबैको सहमतिमै हुने गरेको उनले जानकारी दिए ।

SHARE