अधिवक्ता भगवती पाण्डे विरुद्ध र नेपाल प्रहरीको दमन विरुद्ध तामाङ मगर समुदायको बृहत प्रर्दशन

आज काठमाडौंमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म अधिवक्ता  भगवती पाण्डे बिरुद्ध  र प्रहरीको दमन  विरुद्ध तामाङ मगर समुदायले बृहत प्रर्दशन गरिएको छ । अधिवक्ता पाण्डे र टेकु प्रहरी हिरासतमा चरम यातना दिने दोषीलाई कारबाही माग गर्दै सोमबार नेपाल  तामाङ घेदुङ र नेपाल  मगर संघको  नेतृत्वमा देशभर आन्दोलन भइरहेको छ । आन्दोलनमा सहभागीले  विवादास्पद अभिव्यक्ति दिने भगवती पाण्डे  र टेकु प्रहरीको दमन विरुद्ध चर्को नाराबाजी गरेका  थिए ।

पक्राउ पुर्जी जारी भए पनि राजनीतिकलगायत विभिन्न पक्षको आडमा पाण्डेलाई उन्मुक्ति दिन खोजिएको भन्दै १७ साउनमा टेकु प्रहरी परिसरमा धर्ना दिने क्रममा प्रहरीले तीन दर्जनभन्दा बढीलाई हिरासतमा लिएको थियो । हिरासतमा पुगेका महिलाहरुलाई चरम यातना दिइएपछि आन्दोलन चर्किन थालेको हो । यस आन्दोलनलाई ताम्सालिङ, मगरातसहितको पहिचानको आन्दोलनको रुपमा बदल्नुपर्ने आवाज समेत उठाइएको छ ।

नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, अन्तराष्ट्रिय तामाङ परिषद्,नेपाल तामाङ कलाका संघ, मगर तामाङ समुदायका  दर्जनौं संघ संस्थाले काठमाडौंको माईतीघरमा भएको बृहत  प्रदर्शनमा ऐक्यबद्धता जनाएका  थिए ।

देशभर जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिदै प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।

SHARE