भदौ १ गतेदेखि पोखरामा ट्याक्सीहरु मिटरमा संचालन हुने

पोखरा । पोखरामा सञ्चालन हुने ट्याक्सीहरु अब मिटरमा संचालन हुने भएका छन ।

पोखरा क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीहरु भदौ १ गतेदेखि अनिवार्य मिटरमा चल्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।

 ट्याक्सीको भाडा सम्बन्धमा गण्डकी प्रदेश सरकारले २०७८ सालमा गरेको भाडा समायोजन अनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुवाती २०० मिटरसम्मको ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मी बराबर १० रुपैयाँ कायम गरिएको छ ।

मिटर र बिलमा नचलेको पाइएमा कानून बमोजिम कारबाही हुने र यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै अनिवार्य मिटरमा चल्न ट्याक्सी चालकहरुलाई आग्रह गरेका छन ।

 

SHARE