गुरुप्रसाद मैनालीद्वारा लिखित कथा ‘नासो’ नाटकका रुपमा मञ्चन हुने भएको छ ।

थापागाउँस्थित कुञ्ज नाटकघरमा कथाकार मैनालीको कथामा आधारित नासो नाटक पुस ४ गतेदेखि मञ्चन हुने भएको हो । उक्त नाटक आरोहण गुरुकुल कुञ्ज नाटकघरमा पुस ७ गतेसम्म मञ्चन हुनेछ ।

नासो मैनालीद्वारा लिखित नेपाली चर्चित कृति हो। सोही कथासङ्ग्रहमा सङ्ग्रहित एघार कथामध्ये नासो कथा उत्कृष्ट मानिन्छ। नासो नाटकको निर्देशन राम केसीले गरेका छन् भने सह निर्देशक किरण चापागाईले गरेका हुन् ।

नाटकले ठेट नेपाली संस्कार मान्ने एउटा परिवारको बहुविवाहका कारण उत्पन्न समस्याहरुलाई समेट्ने जमर्काे गरेको नाटक निर्माणको समुहको दाबी छ ।

SHARE