मकवानपुरका एक युवक आफ्नो लिङ्ग आफै काटेर अस्पताल पुगे

मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ घर भई गएराति हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कको एक होटलमा बसेका २२ वर्षे नवीन हुमागाईँले आफ्नै लिङ्ग काटेर घाइते भएका हुन् ।

उनले प्रहरीसमक्ष आफ्नो लिङ्ग आफै काटेको बयान दिएको बताइएको छ ।

उनी रातिको करिब १२ बजेतिर घाइते अवस्थामा आफै हेटौँडा अस्पताल पुगेको चिकित्सकहरुले बताए। उनलाई राति नै चितवन रेफर गरिएको बताइएको छ ।

SHARE