तामाङ चलचित्र ङिङ्जेको भर आरे जिन्दागिला गीतको भिडियो डम्फु मिडियाबाट सार्बजनिक गरिएको छ ।
कलाकार अमिर दोङ र शुष्मा मोक्तानको अभिनय रहेको छ । गीतमा लोकप्रिय कलाकार विशाल काल्तान र रञ्जिता स्याङ्तानको स्वर रहेको छ । भने शब्द ङिमा दोङ, संगीत चइस दोङ र सानो बावु घिसिङको संगीत संयोजन रहेको छ ।
उक्त गीतको भिडियो निर्देशन अमिर दोङले गरेका हुन्। भिडियोमा त्रिलोक लामाको छायाँकन र सम्पादन रहेको छ ।चलचित्र ङिङ्जे भने यहि असोज १ गते प्रदर्शनीमा आउने भएको छ ।