संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ।

उनका पिता हर्क बहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ। वीर अस्पतालमा लामो समयदेखि उपचाररत राई प्यारालाइसिसका बिरामी थिए।

पछिल्लो समय निमोनिया बढेपछि वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। आज बिहान उनको निधन भएको मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

 

SHARE