सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘परिवर्तन’ को एक्सन–भरिएको टिजर सार्वजनिक

काठमाडौं । अभिनेता सुशील श्रेष्ठ अभिनीत नयाँ फिल्म ‘परिवर्तन’ को टिजर सोमबार काठमाडौंमा सार्वजनिक गरिएको छ। विजय केरूङ निर्देशित फिल्मको टिजर एक्सन दृश्यले भरिपूर्ण छ, जहाँ सुशीललाई दमदार एक्सन अवतारमा देख्न सकिन्छ।

अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाललगायत कलाकारको अभिनय रहेको फिल्ममा देशभक्त युवाको विद्रोही सोच र सुधारको चाहनालाई कथाको केन्द्रमा राखिएको निर्देशक केरूङले बताएका छन्।

निर्माता दिपक शिवाकोटीले फिल्मले युवाको देशप्रतिको जिम्मेवारीको भाव प्रस्तुत गर्ने बताएका छन्।
शिवम अधिकारीको लेखनमा बनेको ‘परिवर्तन’ मा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।

फिल्म आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने छ।
यसको वितरण आरआर फिल्मस्ले, र डिजिटल पार्टनर ओएसआर रहेको छ।

SHARE