आज देशभर भाई टिका लगाउदै

आज दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य तथा दीर्घायुको कामना गर्दै दाजुभाइलाई टीका लगाइदिदै छन् ।

भाइटीकाका लागि आज बिहान १० बजेर ५१ मिनेटमा उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि टीका भने आज दिनभर टीका लगाउन सकिने जनाइएको छ ।

भाइटीकामा दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी, यमराज र यमुनाको पूजा गरेर दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी वा पञ्चरंगी टीका लगाउने गरिन्छ ।

दाजुभाइलाई फलफूल, मसला, सेलरोटीलगायतका मीठामीठा परिकार खुवाउने तथा उपहार दिने गरिन्छ । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा उपहार दिने चलन छ ।

SHARE