टोपबहादुर रायमाझीको सांसद पद निलम्बित

काठमाडौं। नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित भएको छ ।

नक्कली शरणार्थी प्रकरणमा राज्य विरुद्धको ठगी तथा संगठित अराध मुद्दाको अनुसन्धानमा रहेका रायमाझीलाई प्रतिनिधि सभाको बुधबार बसेको बैठकले निलम्बन गरेको हो ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख ३१ गते पक्राउ परेका थिए । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रायमाझीलाई निलम्बन गरिएको जनाकारी संसद्लाई गराएका छन्।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि उनलाई निलम्बन  गरिएको सभामुख घिमिरेले बताएका छन ।

 

SHARE