काठमाडौंभित्रका विद्यालयले अनुशासन इन्चार्ज राख्न नपाइने

काठमाडौं महानगरभित्रका विद्यालयहरुले अनुशासन इन्चार्ज (डिआइ)राख्न नपाइने भएको छ । महानगर शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सूचना जारी गर्दै डिआइ राख्न नपाइने जानकारी दिएका छन् । काठमाडौंका केही विद्यालयहरुले अनुशासन कायम गराउने भन्दै डिआइ राख्दा विद्यार्थीहरुमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको गुनासो प्राप्त भएको सूचनामा भनिएको छ । विद्यार्थीमा सिकाइ वातावरण सिर्जना गर्नका लागि डिआइ नराख्न काठमाडौंका सबै विद्यालयहरुलाई महानगरले सुचित गरेको छ ।

सूचना :

SHARE