गोसाइँकुण्डबाट फर्कने क्रममा हराएका तीर्थयात्रु भेटिए

sharethis sharing button

रसुवा । जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु काभ्रेपलाञ्चोक  भुम्लु गाउँपालिका–४ दुदुगाउँ  निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका छन् ।

आफ्नी माताको साथमा  गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा आमा छोराको दूरी फरक भई  मुख्य बाटो भुलेर जङ्गलको बाटो पस्दा प्रवेश हराएका थिए ।

उनको टाउको र शरीरमा चोटपटक भएका कारण रसुवा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए ।

प्रवेश हराएको सूचना पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतका सुरक्षाकर्मीले खोजीकार्य तीव्र बनाएको थियो ।  शनिबार  धुञ्चेपारिको खोपाङ भिर इलाकाको खोल्छामा उनी  फेला परेका हुन् ।

 

SHARE