जिरी नगरपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नविन सुनुवार

दोलखाको जिरी नगरपालिकामा आजबाट छैटौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलको अध्यक्षता तथा प्रतिनिधि सभा सांसद गंगा कार्की विश्वको प्रमुख आतिथ्यतामा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै माननीय सांसद कार्कीले खेलकुद क्षेत्रको विकासलाई संघीय सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । यसरी हुने प्रतियोगिताले खेलको विकासमा सहयोग पुग्ने उहाँको भनाई छ । प्रतियोगितामा जिरी नगरपालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको छ ।

जसअन्तर्गत गर्जाङढुङ्गा मावि, जिरी मावि, बौद्धभुवनेश्वर मावि, ढुङगेश्वरी मावि, सहिद स्मृति आवासीय मावि, जेम एकेडेमी, कालिका माबी, ठुलोपातल मावी र सरस्वती सामुदायिक माविका खेलाडिहरुको सहभागिता रहेको जिरी नगरपालिकाले जनाएको छ ।

जिरी नगरपालिकाको आयोजना तथा जिरी माध्यमिक विद्यालयको व्यवस्थापनमा आजबाट सुरु भएको प्रतियोगिता माघ २१ गतेसम्म सञ्चालन हुनेछ । जिरी माविको प्राङ्गणमा भैरहेको प्रतियोगितामा भलिवल, कबड्डी, एथलेटिक्स तथा हाईजम्प, लङजम्प र ज्याभलिङ थ्रो लगायका खेलहरु हुने आयोजक टिमले जनाएको छ ।

SHARE