तामाङ भाषाको चलचित्र मायाला घ्रान अफिसियल ट्रिजर सार्बजनिक गर्ने  तयारीमा

काठमाडौं । जिम्बा फिल्मस् प्रोडक्सन ब्यानरमा निर्माण गरिएको  तामाङ भाषाको चलचित्र मायाला घ्रानमा समाबेश गरिएका २ वटा गीतको भिडियो र चलचित्रको अफिसियल ट्रिजर सार्बजनिक गर्ने  तयारीमा निर्माण पक्ष जुटिरहेका छन ।  भदौ ३० गते शनिबार उक्त चलचित्रको ट्रिजर र गीत सार्बजनिक गर्न शेनोर हाउस बौद्ध पिपलबोटमा  दिउँसो ठिक १२ बजे पत्रकार सम्मेलन गरिने चलचित्रको निर्माता पेमा लामा योञ्जनले  जानकारी दिएका छन ।

पेमा लामा योञ्जन, कालू मान रुम्बा र कुमार मोक्तनको संयुक्त लगानिमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र मायाला घ्रानलाई  निमा लामा तामाङले निर्देशन गरेका छन भने चलचित्रको कथा लेखन पटकथा नायक कृष्ण लामाको रहेको छ ।  त्यसै गरि द्धन्द सुरज श्रेष्ठ, नृत्य निमा लामा तामाङ गराएका छन  भने संगीत निर्देशकद्धय निमा लामा तामाङ र देब स्याङ्तानको रहेको छ । गीतमा  लोकप्रिय गायक तथा संगीतकार बिशाल काल्तान, सुरेश लामा, जितु लोप्चन, सुमिना लो लगायतका गायक  गायिकाले आवाज दिएका छन ।

चलचित्रमा नायक कृष्ण लामा, नायिका अबिना गोले, आशिष रुम्बा, छिरिङ मोक्तान लगाएतका अन्य कलाकारहरुको अभिनय रहेको छ । सुर्य लामाले छायांकन बिस्वाश भण्डारीले सम्पादन  गरेका हुन भने रंग  सुर्य लामाले गरेका छन।

यस अघि  जिम्बा फिल्मस् प्रोडक्सन ब्यानरमा निर्माण गरिएको  हाल्से स्होजी चु माया, नाना आङा जस्ता चलचित्र दर्शकले अत्याधिक मात्रमा रुचाइएका थिए ।

SHARE