आममाफीविरुद्धको रिटमा सुनुवाइ सकियो

काठमाडौं, १८ असोज । रिगल भनिने योजराज ढकाललाई दिइएको आममाफीका विरुद्ध परेको रिटमा सुनुवाई सकिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको प्ररम्भिक सुनुवाइ भएको हो ।

सरकारको सिफारिसमा गत असोज ३ गते संविधान दिवसको अवसरमा रिगलले राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका थिए । नेपालगन्जका चेतन मानन्धरको हत्या प्रकरणमा रिगललाई बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

SHARE