देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्‍द्र चौलागाई पक्राउ

काठमान्डौं । काभ्रेको देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्‍द्र चौलागाई पक्राउ परेका छन्।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अध्यक्ष चौलागाईलाई सोमबार पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

उनीसहित संचालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनेर प्रलोभन देखाएर सहकारीमा बचत गर्न लगाएका थिए।

मासिक/त्रैमासिक/वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वास पाएपछि बचतकर्ताहरूले रकम जम्मा गरेका थिए।

तर बचतकर्ताहरूले रकमको साँवा, ब्याज फिर्ता पाएनन्। पटकपटक ताकेता गर्दा पनि फिर्ता नदिएपछि उनीहरूले आफ्नो रकम जोखिममा रहेको भनेर संस्‍थाका कर्मचारी तथा पदाधिकारीहरूलाई समेत ध्यानाकर्षण गरेका थिए।

 

 

SHARE