हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
चुरियामाइबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्बरको क्रेन आज बिहान पौने ६ बजे आफैँ अनियन्त्रित भई सडक छेउँमा पल्टिँदा १८ वर्षीय सहचालक विपिन महतोको मृत्यु भएको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका ३० लालपर्सा बस्ने ३० वर्षीय चालक दशरथ पासवान भने दुर्घटनामा सामान्य घाइते भएका छन् ।