तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछार टुँडिखेलमा सुरु भएको छ ।
तीन दिने महोत्सवको रुपमा मनाइने ल्होछारको दोस्रो दिन आज टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाईएको हो । हिजोदेखि नै टुँडिखेलमा ल्होछारको माहोल सुरु भएपनि आज विभिन्न किसीमका कार्यक्रम गरी मनाईएको हो । टुँडिखेलमा आज बिहान ८ देखि १२ बजेसम्म तामाङ बोन्बोहरुद्धारा विशेष पुजापाठ सम्पन्न भएको छ ।
दिउँसो १ बजेदेखि ४ बजेसम्म फापरे ह्वाई प्रस्तुत भएको छ । साँझ ४ देखि ५ बजेसम्म घोडचढी र माने नाच सम्पन्न हुँदा ५ देखि ६ बजेसम्म ल्होछार इभ अर्थात डुक (गरुड) वर्षको बिदाई र डुल (सर्प) वर्षलाई बिदाई गरि नयाँ वर्षलाई स्वागत गरिएको छ । भने राती ६ बजेदेखि ९ बजेसम्म कलाकारहरुद्धारा बिशेष साँस्कृतिक कार्यक्रम गरिएको छ । मञ्जुश्री संम्वद–२८६१ सोनाम ल्होछार भब्य रुपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौं भन्ने मुल नाराका साथ काठमाडौंस्थित टुँडिखेलमा मनाईने ल्होछारको रौनक मंगलबारदेखि नै सुरु भएको हो ।
यसैगरी, बिहिबार दिउँसो बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाबाट ल्होछार कार्यक्रमको उद्घाटन हुने भएको छ । नेपाल तामाङ घेदुङका अध्यक्ष तथा राष्ट्रिय सोनाम ल्होछार मुल आयोजक समितिका संयोजक मोहन गोले तामाङका अनुसार बिहिबार बिहान ११ बजेदेखि ताम्बा, लामा, बोन्बोहरुको बिशाल झाँकी सहित र्यालीले टुँडिखेल परिक्रमा गर्नेछ । ‘भोली बिहान ११ बजेदेखि ताम्बा, लामा, बोन्बोहरुको बिशाल झाँकी सहित र्यालीले टुँडिखेल परिक्रमा गर्नेछ । त्यसपछि हामी उद्घाटन सत्र सुरु गछौं ।
मुख्यमन्त्री बहादुर सिंह लामाबाट कार्यक्रमको समुद्घाटन हुनेछ । त्यसपछि ख्यातीप्राप्त कलाकारहरुबाट विविध साँस्कृतिक प्रस्तुति हुनेछ,’ संयोजक तामाङले भने, ‘ल्होछार महोत्वसको मुख्य दिन भोलि साँस्कृतिक कार्यक्रम सहित खानपानका स्टल, पुस्तक प्रदर्शनी पनि हुनेछ ।
’ महोत्सवको मुख्य दिन बिहिबार स्टेजको दायाँबायाँ ताम्बा, लामा, बोन्बोको परम्परागत सामग्रीसहितको लाइभ स्टल रहनेछ । भने स्वास्थ्य शिविर र तामाङ तथा आदिवासी जनजाति सम्वन्धी पुस्तकहरु समेत राखिनेछ । तीनसम्म मनाइने ल्होछारको पहिलो दिन मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा शुभकामना आदानप्रदान गरिएको छ ।
ल्होछार माघ शुुक्ल प्रतिपदादेखि पुर्णिमासम्म मनाउने भएपनि विशेष गरेर तामाङ समुदायले पाँच दिनसमम भव्य रुपमा मनाउने प्रचलन रहेको छ ।