नेपाल तामाङ घेदुङ रोमानियाको समन्वयमा कलाकार पूर्णिमा थोकरलाई आर्थिक सहयोग

काठमाडौं। नेपाल तामाङ घेदुङ रोमानियाको समन्वयमा कलाकार पूर्णिमा थोकरलाई आर्थिक सहयोग गरेको छ ।

धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा ३,चिमचोकमा  जन्मिएकी कलाकार पुर्णिमा थोकर करिब एक वर्ष अगाडि मस्तिष्कघात भएर ढलेकी थिइन् ।

थोकरलाई रोमानियामा बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूबाट प्राप्त आर्थिक सहयोग नेपाल तामाङ घेदुङ रोमानियाको अध्यक्ष फुर्साङ लामाद्वारा संकलित रकम रु ५५,००० रुपैयाँ कलाकार पुर्णिामा थोकरकी आमा धनमाया तामाङलाई तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले सहयोग हस्तान्तरण गरेका छन् ।

थोकरको उपचार गदैजाँदा आर्थिक अवस्था कम्जोर हुदै गएकाले विरामीलाई थप राहातको लागी उपचार बापत आर्थीक सहयोग गरेको  तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले बताए ।

 मोक्तानले पुर्णिमा थोकरकी यथाशीघ्र स्वास्थ्य लाभको कामना सहित रोमानिया  बसोबास गदै आई रहेका  आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली समाजसेवी व्यत्तित्व, संघसंस्थाहरुलाई विशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।

SHARE