नविन सुनुवार
दोलखाको जिरी नगरपालिका -८ स्थित भकिम्ले – थलारी वडा कार्यालय अन्तर्गत नयाँ ट्राकको आज ´ब्रेक थ्रु` कार्यक्रम सम्पन्न भएको छ ।
स्थानियहरुको समस्यालाई मध्य नजर गर्दै जिरी नगरपालिका -८ का वडा अध्यक्ष कृष्ण कुमार खत्री र जिरी इमर्जेन्सी रिलिफ फाउन्डेसनका अध्यक्ष एबम समाजसेवी बिबि फुयालको बिशेष सक्रियतामा नयाँ सडक संजाल जोडिएको हो ।
गाउँमा नयाँ सडक जोडिन सफल भएकोमा अध्यक्ष फुयालले स्काभेटर चालक बिनोद तामाङ, जिरी नगरपालिका -८ का वडा अध्यक्ष कृष्ण कुमार खत्री, समाजसेवी पेम्बा शेर्पा, वडा सदस्य दोर्जी शेर्पा लगाएत उपस्थित स्थानियहरुलाई खादा लगाई सम्मान गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्र जिरी नगर कमिटीका अध्यक्ष कर्मा शेर्पाको बिशेष पहलमा भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेश सरकारद्वारा रु २० लाख बिनियोजित बजेट मार्फत नयाँ ट्राकको ब्रेक थ्रु कार्यक्रम सम्पन्न भएको हो । अनेन्त्रैबाट गुम्दै आउनु पर्ने बाध्यताबाट भकिम्ले र बजेनीका स्थानियहरुले आजबाट छुटकारा पाएका छन ।
यस सडक संजालका कारण पुरानोगाउँ , खरायोबन, बजेनी लगाएत भकिम्लेका हजारौं स्थानीय सर्वसाधारणहरुलाई झनै थप सहज भएको वडा अध्यक्ष खत्रीले बताए ।










