विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दसैं गीत सार्वजनिक

गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दसैं गीत सार्वजनिक भएको छ।

गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द रचना र संगीत छ। आशिष अविरलले एरेन्ज गरेका छन्। विष्णुसँगै सुन्दरमणिले समेत स्वर दिएका छन्।

गीतको भिडिओमा ललिता पौडेल र सुन्दरमणि अधिकारी फिचर्ड छन्। शम्भु चालिसेले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविण भट्टले सम्पादन गरेका हुन्।

सुन्दरमणि अधिकारीले निर्देशन तथा निर्माण गरेका गीतलाई मौसम हिमालीले कोरियोग्राफी गरेका छन्।

 

SHARE