मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको कोरला नाका चार वर्षपछि खुल्यो

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको कोरला नाका चार वर्षपछि खुुलेको छ । सोमबार नेपाल र भारतका प्रतिनिधिहरुको उपस्थितिमा नाका पुनः खोलिएको हो ।

कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलो खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुु गुुरुङले जानकारी दिएका छन ।

लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न थालेका मुुस्ताङका प्रमुुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को असोज पहिलो हप्ता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो । कोरोना महामारी फैलिएपछि २०७६ सालदेखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो ।

त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । अब भने नाका नियमित खुल्ला रहनेछ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ ।

SHARE