जिरी नगरपालिकामा १२ सय भन्दा बढी जेष्ठ नागरिकलाई न्यानो सिरक बितरण दोलखाको जिरी नगरपालिकामा १२ सय भन्दा बढी जेष्ठ नागरिकलाई न्यानो फाइबर सिरक बितरण गरिएको छ ।
जिरी नगरपालिकाको आयोजनामा असल मित्र नेपाल र क्लाइम्ब हायर इन्टरनेसनलले जिरी नगरपालिका भित्रका १२ सय ५४ जना जेष्ठ नागरिकलाई न्यानो फाइबर सिरक बितरण गरिएको हो । जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलको प्रमुख आतिथ्यतामा वडा नम्बर १ देखि ९ नम्बर भरीका जेष्ठ नागरिकलाई जाडो याममा उपयोग हुने गरी न्यानो फाइबर सिरक बितरण गरिएको जिरी नगरपालिकाले जनाएको छ ।
सस्थाले अघिल्लो बर्ष जिरी नगरपालिकाको ९ वटै वडामा ज्याकेट बितरण गरिएको थियो भने यो बर्ष पनि जिरी नगरपालिकाको अनुरोधमा जेष्ठ नागरिकलाई न्यानो फाइबर सिरक बितरण गरिएको असल मित्र नेपालले जनाएको छ । जिरीको चिसो मौसममा आफुहरुलाई न्यानो फाइबरका सिरक बितरण पश्चात् जिरीका अधिकाम्स जेष्ठ नागरिकहरु खुशी भएका छन ।
खुशिले गदगद भएका कतिपय बृद्धअबश्थाका आमा-बुबाहरुले आउदो बर्षहरुमा पनि आफुहरुको लागि यसरीनै उपहार बितरण गरिदिनुहुन अनुरोध समेत गरेका छन । जिरी नगरपालिका भित्रका जेष्ठ नागरिकप्रती नगरपालिकाको सकारात्मक भुमिका रहेको र आगामी दिनहरुमा नगरपालिकाको तर्फबाट निकै महत्त्वपूर्ण ढंगले यस्ता कार्यक्रमहरुलाई अघि बढाइने नगर प्रमुख मित्र बहादुर जिरेलले बताए । सस्थाले झन्डै २५ लाख बराबरीको लागतमा जिरी नगरपालिका भरीका १२ सय ५४ जना जेष्ठ नागरिकलाई न्यानो फाइबर सिरक बितरण गरिएको हो ।
आगामी बर्षहरुमा जेष्ठ नागरिकको सम्मानका लागि यो कार्यक्रम नगरले नगरकै कार्यक्रमको रुपमा अघि बढाउनुपर्नेमा असल मित्र नेपालका अध्यक्ष ज्ञान् बहादुर सुनुवारले नगरपालिकालाई ध्यानाकर्षण गराएका छन । ´´कार्यक्रमलाई सम्बोधन गर्दै जिरी नगरपालिकाले समन्वय गरे आफू जिरीमा जेष्ठ नागरिक मिलन केन्द्रको समेत स्थापना गर्न तयार रहेको उहाँको भनाइ छ ।
न्यानो सिरक बितरण कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेल, उप- प्रमुख कृष्ण माया बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, असल मित्र नेपालका अध्यक्ष ज्ञान बहादुर सुनुवार, क्लाइम्ब हायर इन्टरनेसनल (Climb Haier Enternational) का प्रतिनिधि इश्वर सुनुवार, जिल्ला समन्वय समितिका उप-प्रमुख दोर्जी शेर्पा, वडा अध्यक्षहरु, समाजसेवी, बुद्धिजीवी लगाएत पत्रकारको सहभागीता रहेको थियो ।