राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको बताए ।

बैठक शनिबारका लागि तय भएको थियो । तर, सत्ता गठबन्धनबीच शनिबार सिट बाँडफाँटमा सहमति नभएपछि बैठक आज बस्न लागेको हो ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते (सोमबार) उम्मेदवारी दर्ताको कार्य तालिका छ । त्यसैले कांग्रेस आफ्नोतर्फबाट उम्मेदवार टुंगो लगाउन जुटेको हो ।

 

SHARE