काठमाडौं । २०८२ सालको चुनावी परिवेशलाई लक्षित गर्दै ‘तारा चिन्ह थोतासि’ बोलको नयाँ चुनावी गीत सार्वजनिक गरिएको छ।
जनभावना र चुनावी उत्साहलाई समेटेर तयार पारिएको गीतले तारा चुनाव चिन्हलाई केन्द्रमा राख्दै समर्थकहरूलाई उत्साहित गर्ने सन्देश बोकेको छ।
गीतका शब्द हिरा बहादुर मोक्तानले लेखेका हुन् भने संगीतसुशिल तामाङको रहेको छ। स्वरमा सुसिल तामाङ सहित जीतु लोप्चन ,अर्पण थिङ र अनु गुरुङको रहेको छ। मिक्सिङ तथा एरेन्ज पनि अर्पण थिङ तामाङले नै गरेका हुन्।









