काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा वैद्यको निधन भएको हो ।
१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका उनी रेडियो नेपाल पुगेका थिए। करिब ३३ वर्ष सरकारी जागिर खाएका वैद्यले ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए। उनको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका एक छोरा र दुई छोरी छन्।