राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्।
शुक्रबार उनले महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पत्र बुझाउँदै रास्वपा छाडेको औपचारिक जानकारी गराए। परियारले, “मैले रास्वपा छाडेँ, अब नयाँ राजनीतिक अभियान सञ्चालन गर्छु,” भन्दै आजै प्रेस विज्ञप्तिमार्फत विस्तृत जानकारी सार्वजनिक गरेका छन्।
भदौ २३–२४ का जेनजी आन्दोलनपछि पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका परियार सौराहामा भएको विस्तारित बैठकमा सहभागी भए पनि बैठकभर बस्न नभएका थिए। हालै सुमना श्रेष्ठले पनि पार्टी छाडेसँगै रास्वपाभित्रको असन्तुष्टि पुनः सतहमा आएको देखिएको छ।











