गाडीको ठक्करबाट एकको मृत्यु

धनगढी, माघ १६ गते । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा आज गाडीले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ ।

गाडीको ठक्करबाट घाइते उहाँको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 बा १८ च ५८२९ नम्बरको नविन दाना पोल्ट्रीफर्मको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दादेवी नाथको ज्यान गएको हो ।

SHARE