लोकगीत सर्जक रमेश बिजीले गरे अष्ट्रेलियामा प्रेमिका शर्मिलासँग विवाह

लोक संगीतकर्मी रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन् । प्रेमिका शर्मिला श्रेष्ठसँग उनले अष्ट्रेलियाको मेलबर्नमा सोमबार विवाह गरेका हुन् । १५ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै शर्मिला र रमेश सात वर्षदेखि प्रेम सम्बन्धमा थिए

अष्ट्रेलियामै विवाह गरेपछि अब सधैं यतै बस्ने हो कि ? भनेर सोधिएको प्रश्नमा रमेशले भने, ‘जहाँ जसरी रहे पनि मलाई चिनाउने विधालाई म छोड्न सक्दिन र छोड्दिन पनि । मलाई यसबारेमा मेरी संगिनीले पनि साथ दिंदै आएकी छिन् । कहिले नेपाल त कहिले अष्ट्रेलिया बसिन्छ होला तर गीत-संगीतबाट टाढा हुँदिनँ ।’

रमेश नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष समेत हुन् । उनले थुप्रै लोक तथा दोहोरी गीत सिर्जना गरेका छन् । रामकृष्ण ढकालले गाएको ‘म हुरीमा दियो’ रमेशले शब्द रचना गरेको लोकप्रिय आधुनिक गीत हो ।

SHARE