घाँस काट्ने क्रममा भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु

घाँस काट्ने क्रममा भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो ।

स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा नेपाली आफ्ना छोरीहरूसँग घाँस काट्न गएकी थिइन् । करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिए ।

घटनासम्बन्धी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यो घटना बिहान ९ बजे भएको हो ।

SHARE