साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन

वरिष्ठ साहित्यकार तथा समालोचक प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ। २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका सुवेदीको बुधबार (आज) बिहान ३ बजे निधन भएको हो। क्यान्सर रोगबाट प्रताडित सुवेदीको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पताल बूढीगंगा मोरङमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर साहित्यमा सक्रिय थिए। उनले खोज तथा अनुसन्धानमूलक दर्जनौँ पुस्तक लेखेका छन्। सुवेदी लेखन र समालोचना गर्न मन पराउँथे।

सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूका समालोचना पनि गरेका छन् ।

SHARE