बौद्ध पिपलस्थित नबिल बैंकदेखि नागेश्वर गल्ली हुँदै सात गल्लीसम्म बाटो खुलाउने तयारी

काठमाडौं । बौद्ध पिपलस्थित नबिल बैंकदेखि नागेश्वर गल्ली हुँदै सात गल्लीसम्म स्थानीयबासी र वडा अध्यक्षको पहलमा बाटो खुलाउने भएको छ ।

बाटो खुलाउने क्रममा बाटो मिचेर बनाइएका घर तथा टहरा यथासिघ्र खाली गर्न आग्रह गरेको छ । सोमबार बसेको स्थानीयबासीको भेलाले उक्त निर्णय गरेको हो ।

भेलामा उपस्थित स्थानीय बम घिसिङले बाटो मिचिएर बनाइएका घर तथा टहरा खाली गर्न सूचना दिएको भन्दै सूचनालाई बेवास्ता गरे डोजर लगाएर भत्काउने बताए । यस बिषयमा मेयर बालेन शाहको समेत सहयोग माग्ने भेलाले निर्णय गरेको छ ।

SHARE