असोजमा ‘इनास अवार्ड’, मह जोडीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले यो बर्ष पनि अवार्डको आयोजना गर्ने भएको छ । गतबर्ष भारतको सिक्किममा भएको अवार्ड यो बर्ष भने नेपालको काठमाण्डौमा नै हुनेछ । पाँचौ इनास अवार्डलाई भव्य र मर्यादित मनाउन सक्दो प्रयास गर्ने आयोजकको भनाई छ ।

अवार्ड समारोहमा ‘इनास विशिष्ट सम्मान’बाट ५ जना विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मानित गरिने भएको छ । जसमा, संकृतीविद सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे, निर्देशक चेतन कार्की, गायक प्रेमध्वज प्रधान र नृत्यांगना विमला श्रेष्ठलाई ‘इनास बिशिष्ट सम्मान’बाट सम्मानित गर्न लागिएको हो ।

संकृतीविद् सत्यमोहन जोशीलाई प्रदान गर्न लागिएको सम्मान, एनआरएन, अन्तरराष्ट्रिय समन्वय संकृति तथा सम्पदान प्रवर्धन समिति र इनासले मिलेर प्रदान गर्न लागेका हुन् ।

इनासका ग्लोबल अध्यक्ष पुष्प बरुवालले जारी गरेको विज्ञप्तीमा यो बर्षको ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट चर्चित हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिनेछ ।

SHARE