जिरी नगरपालीका वडा नं. ३ मा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

दोलखा । जिरी नगरपालीका वडा नं. ३ मा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति दोलखाका उपा – प्रमुख दोर्जी शेर्पाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन् । जिल्ला समन्वय समिति दोलखाका उपा – प्रमुख दोर्जी शेर्पाले जिरीका खेलाडीहरुलाई जिल्ला हुँदै राष्ट्रिय खेलकुद क्षेत्रमा छुटै प्रभावसहितको ‘मेडल’ जित्नका लागि शुभकामा दिएका थिए ।

खुल्ला नकआउट प्रतियोगितामा जिरी नगर भित्रका १० टिमको सहभागिता भएको आयोजक जिरी वडा नं. ३ को वडा अध्यक्ष खेटराज घिमिरेले बताए ।

प्रतियोगितामा प्रथम हुने जिरी ३ का टिमले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र,दोस्रो हुने जिरी २ का टिमले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र र तेस्रो हुने जिरी १ का टिमले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

जिरी ३ का वडा अध्यक्ष खेटराज घिमिरेको सभापत्तित्वमा कार्यक्रम भएको थियो । वडा अध्यक्ष घिमिरे जिरी ३ को विकास निर्माण, पर्यटन प्रवद्र्धन र समृद्धिका लागि योजनाबद्ध ढंगले काम गरिरहेको बताए ।

SHARE