चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ शुरु

काठमाडौँ– आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा जेठ २३ देखि २५ गतेसम्म ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ शुरु भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने महोत्सवमा फिचर, सर्ट फिल्म र डकुमेन्ट्रीसहित नौ वटा चलचित्र प्रदर्शन हुनेछन् ।

संघले महोत्सव मार्फत आदिवासी जनजाति चलचित्र प्रवर्धनसँगै आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोक प्रथाको दस्तावेजीकरण एवं संरक्षण र प्रवर्धन गरी पर्यटन विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेको महासंघका अध्यक्ष पुर्खजित राईले बताए ।

 

SHARE