ग्राण्डमास्टर राजकुमार राईको ‘यो देशको पहिलो मूलबासी हामी हौँ किराती” गीत सार्वजनिक

ग्राण्डमास्टर राजकुमार राईको ‘यो देशको मूलबासी हामी हौँ किराती’ गीत सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो । किरात राई समुदायको पहिचानलाई समेटेर गीत तयार पारिएको सार्वजनिक गर्ने क्रममा गीतकार राईले बताए ।

गीतका शब्द आफूले निकै अध्ययन गरेर रचना गरेको उनको भनाइ छ । ‘मैले लामो समयसम्म विभिन्न अनुसन्धान भएका पुस्तकहरूसमेत अध्ययन गरेर शब्द रचना गरेको हुँ’, उनले भने । सार्वजनिक गीतको ‘स्टुडियो’ भिडियो पनि सार्वजनिक गरिएको थियो ।

आगामी वर्ष गीतको कथावस्तु अनुसारको भिडियो पनि लिएर आउने सर्जक राईले जानकारी दिए । गीतमा वरिष्ठ सङ्गीतकार जीतेन राईले सङ्गीत भरेका छन् ।

त्यस्तै उनले गीतमा आवाज समेत दिएका छन् । उनीसँगै मेनुका राई, अशोक मुकारुङ र मनमावि राईको पनि गीत आवाज रहेको छ । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा देवेश राईको एरेन्ज र यागेन राईले मिक्सिङ गरेका हुन् ।

 

SHARE