तामाङ चलचित्र संघ नेपाल वागमती प्रदेशको अध्यक्षमा दावा फिन्जो तामाङ र सचिवमा श्याम माया गुरुङ निर्वाचित

काठमाडौं । तामाङ चलचित्र संघ नेपाल वागमती प्रदेशको शुक्रबार तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।  तामाङ चलचित्र संघ नेपाल वागमती प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट दावा फिन्जो तामाङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्।

तामाङ चलचित्र संघ नेपालको वरिष्ठ उपाध्यक्ष  राज कुमार तामाङ ,उपाध्यक्ष दिनेश तामाङ , रोशन तामाङ,महिला उपाध्यक्ष अनिता नेगी तामाङ ,महासचिव करण तामाङ,सचिव श्याम माया गुरुङ,सह-सचिव शान्ति कुमारी डिमडुन,कोषाध्यक्ष  कुमारी माया ग्लान,सह-कोषाध्यक्ष रविन्द्र थिङ  भने  सदस्यहरु सुनिता स्याङतन,रेश्मा दोङ,बसन्ती माया ग्लान,रोशन तामाङ थिङ,सुकुराम स्याङतन,अर्जना स्याङतन,युनिस लो तामाङ, विजय थिङ,विजय दोङ फुलमाया तामाङ  निर्वाचित भएका हुन् ।

उक्त अधिवेशन नाचघर जमलमा पुर्व गृहमन्त्री वामदेव गौतामको प्रमुख आतिथ्यतमा विशिष्ट अतिथि पुर्व राज्य मन्त्री पर्शुराम तामाङ, विशेष अतिथि लिसंखु गाँउपालिका प्रमुख राजु लामा, विशेष अतिथि रोशी गाँउपालिकाका पुर्व अध्यक्ष डिबि मोक्तान , तामाङ चलचित्र संघका केन्द्रिय अध्यक्ष कुमार मोक्तान तामाङ, राष्ट्रिय घेदुङका महासचिव प्रविन वल, बुद्व शान्ति नेपालका अध्यक्ष देशमाया योञ्जन लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

SHARE