उच्च जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न

दोलखा । उच्च जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष खिम्मक विकको अध्यक्षता र जिरी नगरपालिकाका कार्यपालिका सदस्य साङ्गे शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले सचिव शान्ति श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले कोषाध्यक्ष रुद्र बहादुर कार्कीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को प्रस्तावित आय, व्यय विवरण पारित गरेको छ । साथै लेखा समितिका संयोजक छिरिङ शेर्पा लामाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

आर्थिक वर्ष २०८० असार मसान्तसम्म ६७६ जना सेयर सदस्यहरु रहेको जनाइएको छ । संस्थाको सेयर पूँजी १५ लाख २३ हजार ४ सय रुपैयाँ रहेको छ । कुल सम्पत्ति २६ करोड १० लाख ७ हजार ४ सय ४५ रुपैयाँ , ऋण लगानी १ करोड ९१ लख ४० हजार ८ सय रुपैयाँ रहेको छ । यस्तै बैंक मौज्दात ४९ लाख ८१ हजार ३५२ रुपैयाँ, नगद मौज्दात १६ लाख ८५ हजार ६०२ रुपैयाँ र लगानीमा रहेको रकम ७६ हजार १ सय ७१ रुपैयाँ रहेको छ ।

संस्थाले जेष्ठ नागरिक बचतकर्तालाई सम्मान गरेको छ । त्यस्तै एकैघरको धेरै बचत गर्ने तथा सबै भन्दा धेरै बचत गर्ने सेयर सदस्यलाइ सम्मान गरेको छ ।

SHARE