एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

नुवाकोटको शिवपुरी गाउँपालिका- ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

बुधबार काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा चार जना चिनियाँ र एक नेपाली नागरिकको मृत्यु भएको हो।

हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए भने चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सवार थिए। उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको छ।

यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। बुधबार दिउँसो २ बजेर २० मिनेटमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरू उद्धारमा खटिएका थिए।

 

SHARE